कटुवा पेस्तोलसहित भारतीय युवक रौतहटबाट पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साना हातहतियार ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच कडा बनाएपछि उक्त व्यक्ति नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार राति करिब ९:३० बजे बौद्धिमाई नगरपालिका–७ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला मोतिहारी घर भएका २० वर्षिय सुरजकुमार दास शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो ।

तलासीका क्रममा उनको शरीरमा लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, दासको साथबाट मोवाइल समेत बरामद गरिएको छ । पक्राउ परेका दासमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ ।