गृहमन्त्रीको विषयमा पार्टी र सरकारले अध्ययन गरिरहेको महामन्त्री शाहको भनाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त महामन्त्री भुपदेव शाहले गृहमन्त्री सुधन गुरुङमाथि उत्पन्न विवादलाई लिएर पार्टी र सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

महामन्त्रीमा मनोनित भएपश्चात आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शाहले यस्तो बताएका हुन् । अध्ययन सक्नेवित्तिकै आवश्यक निर्णय लिने उनले बताए ।

उनका अनुसार अध्ययन सकिनेवित्तिकै निर्णय लिने र त्यसका लागि केही दिन लाग्ने छ ।