ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हातपात गर्ने गाउँपालिकाका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा

काठमाडौँ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हातपात गर्ने गाउँपालिकाका उपाध्यक्षलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) लाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका वरिष्ठ हवलदारलाई ड्युटी गरिरहेकै बेला हातपात गरेका कारण उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।