बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम

काठमाडौँ 

माघ ३ गते,

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिएर बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताएका छन् । मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने बताएका हुन् । 

राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौँ फर्किन लागेको उनले बताएका छन् ।

उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।