भक्तपुरमा आफ्नै कन्चटमा गोली हानेर आत्महत्या
काठमाडौँ
पुष २१ गते,
भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेका छन् ।
घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।
