नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्ष तर्फ पूर्व राज्यमन्त्री सिफारिस
राजविराज
पुष १४ गते,
नेपाली कम्युनिस्ट पार्टीबाट सप्तरी क्षेत्र नं.४ का लागि पूर्व गृह तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण लगायत पाँच जना सिफारिस भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट चारवटा क्षेत्र मध्ये क्षेत्र नं.४ वाट एक मात्र महिला सिफारिस भएको हो । कर्ण सहित तारा बहादुर तिमिल्सीना,चतुर चौधरी, दिलिप कुमार चौधरी र कर्मचन्द चौधरी सिफारिस भएको पार्टीका नेता एवं मधेश प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
संगठनात्मक रुपमा बलियो मानिने सप्तरी क्षेत्र नं.४ मा पार्टीवाट रुबी कर्ण उक्त क्षेत्रका लागि प्रभावशाली नेतृको रुपमा चिनिन्छ । प्रदेश सांसद रहँदा आफ्नो प्रभाव जमाएका पूर्व मन्त्री कर्ण प्रत्यक्षतर्फ अरु पार्टीको तुलनामा बलियो उम्मेदवार हुने स्थानियको जिकिर छ ।
