क्रिप एआईद्वारा डा. पराजुलीसँग “नेपालमा साइबर सुरक्षा तथा डिजिटल गभर्नेन्सको भविष्य” विषयमा पोडकास्ट आयोजना सम्पन्न

काठमाडौं

पुस १२ गते,

क्रिप आर्टिफिसियल इन्टेलिजेन्स टेक प्रा.लि. (Krip Artificial Intelligence Tech Pvt. Ltd.) ले नेपालमा साइबर सुरक्षा र डिजिटल गभर्नेन्सको भविष्यबारे केन्द्रित विशेष अनलाइन पोडकास्ट आयोजना गर्दै अग्रणी आईटी तथा साइबर सुरक्षा विज्ञ डा. शालिग्राम पराजुलीलाई आमन्त्रण गरेको थियो। गुगल मिटमार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा देशभरका युवा प्रविधि उद्यमी, विद्यार्थी, नीति विश्लेषक तथा आईटी क्षेत्रका पेशेवरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा डा. पराजुलीले नेपालमा बहु–पक्षीय समन्वयमा आधारित डिजिटल गभर्नेन्स मोडेललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, राष्ट्रिय साइबर सुरक्षा केन्द्र तथा सरकारी एकीकृत डेटा केन्द्र (GIDC) लाई थप आधुनिकिकरण गर्दै क्षमता अभिवृद्धि र प्रणालीगत सुदृढीकरणमार्फत अझ मजबुत र दिगो बनाउनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले समस्या केवल डेटा साइलोमा मात्र नभई, विभिन्न आईटी पेशेवर, संस्था तथा मन्त्रालयहरू आ–आफ्नै साइलोमा सीमित भएर काम गर्ने प्रवृत्तिका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको स्पष्ट पार्नुभयो।

डा. पराजुलीले अबका दिनमा साइलो संस्कृतिलाई तोड्दै collaboration लाई संस्थागत गर्न, trade-off लाई mitigation गर्न, फरक–फरक स्वार्थलाई converge गर्न तथा ऊर्जा र प्रयासलाई synergy मा रूपान्तरण गरी सामूहिक लक्ष्यतर्फ केन्द्रित गरिनुपर्ने बताउनुभयो। साथै, सरकारी तथा निजी प्रणालीहरूबीच inter-operability र inter-disciplinarity सुनिश्चित गर्दै, participative र engagement-driven approach अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालले अब data repository निर्माण, capacity build-up तथा resource optimization लाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै, नीति तथा सेवा निर्माणमा user-driven र supply-driven दुवै दृष्टिकोण अपनाउनुपर्ने धारणा उहाँले राख्नुभयो। डिजिटल सामग्री तथा सेवाको गुणस्तर सुधारका लागि Google E-E-A-T approach — Experience, Expertise, Authoritativeness र Trustworthiness मार्फत सामग्रीको विश्वसनीयता र अधिकारिकता विकास गर्न आवश्यक रहेको डा. पराजुलीले स्पष्ट पार्नुभयो।

नेपालमा 5G नेटवर्क विस्तार, कागजरहित, सम्पर्करहित तथा अनुहाररहित सरकारी सेवाको अवधारणा, र डिजिटल सार्वजनिक सेवाहरूलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने विषय पनि कार्यक्रममा प्रमुख रूपमा उठाइयो। नीति निर्मातादेखि सामान्य प्रयोगकर्ता र विद्यालय तहसम्म साइबर सुरक्षा सचेतना विस्तार अपरिहार्य रहेको भन्दै उहाँले युवाहरूलाई निरन्तर सिकाइ र व्यवहारिक अभ्यासमार्फत प्रविधि क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुभयो।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले पोडकास्टमा सहभागी सम्पूर्ण वक्ता तथा दर्शकहरूलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममार्फत नेपालमा सुरक्षित र दिगो डिजिटल भविष्य निर्माण गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।