बयान सकिएपछि तत्कालीन गृहसचिव, आइजी र सिडिओको स्थानहद फुकुवा

काठमाडौँ 

पुष ८ गते,

२३ र २४ भदौका घटनाहरूको जाँचबुझ आयोगले गोकर्णमणि दुवाडी, चन्द्रकुवेर खापुङ र छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ। जेन–जी आन्दोलनका क्रममा दुवाडी गृहसचिव, खापुङ प्रहरी महानिरीक्षक (आइजी) र रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिए।

अनुसन्धानको दायरामा रहेका उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो। उनीहरुको बयान सकिएसँगै आयोगले स्थानहद फुकुवा गरेको हो।

‘पूर्वनिर्णयउपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९/०७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ,’ आयोगले भनेको छ।