रोशनी झा मृत्यू प्रकरणमा प्रशासनले कडा छानबिन गर्न नेतृ जुली महतोको माग
जनकपुर
मंसिर २२ गते,
जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाकी रोशनी झाको मृत्युको खबर सार्वजनिक भएपछि नेतृ जुली महतोले प्रशासनलाई कडा रुपमा छानबिन गर्न माग गरेकी छन् । मृतकप्रति श्रद्धाञ्जली एवम् परिवारप्रति संवेदना प्रकट गर्दै नेतृ महतोले घटनाको प्रकृति हत्या कि आत्महत्या भन्ने यकिन नहुँदा रहस्यझैं बनेको यो विषयमा उनले निरन्तर सम्बन्धित सुरक्षा निकायहरूसँग समन्वय गर्दै सत्यतथ्य छानबिनको माग गरिरहेकी छन्।
महतोले यस्तो संवेदनशील घटनामा अहिलेसम्म दोषी पहिचान नहुनु गम्भीर कमजोरी भएको बताउँदै छिटो, निष्पक्ष र प्रभावकारी छानबिन आवश्यक रहेको धारणा राखेकी छन्। उनले सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै घटना के(कसरी भयो भन्ने स्पष्ट तथ्य बाहिर ल्याई दोषीलाई कडा कारबाही गर्न आग्रह गरेकी छन्।
उनले मृतक रोशनी झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्। साथै, यस घटनालाई जति सक्दो चाँडो निष्कर्षमा पुर्याई पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएकी छन्।
