असफल सिद्ध हुनु भो , देश युवालाई दिनु

मंसिर १ गते,

१०४ बर्षको लामो राणा शासनको अवसान पश्चात नेपालीले २००७ सालमा राजा सहितको प्रजातन्त्रको प्राप्ति नेपाली जनताले गरे | २०११ मा राजा त्रिभुवनको अवसान पछी महेन्द्र राजा बने | २०१७ साल पुष १ गते राजनीतिक दल उपर प्रतिबन्ध लगाउदै राजा महेन्द्रले नेपालको संबिधान २०१९ पनि जारी गरे | पंचायत विरोधीले नेपालमा उथल पुथल गरेको परिणाम स्वरूप महेन्द्रको मृत्यु पश्चात राजा बिरेन्द्र ले २०५६ सालमा जनमत संग्रहको घोषणा गरे | जनमत संग्रहमा नेपाली जनताले सुधार सहितको पंचायती व्यबस्थाको पक्षमा मतदान गर्दै बहुमत लाई अस्विकार गरेको एउटा कला युगको अन्त भयो |
तर सत्ताको लागि दल खोलेर बसेका दलालहरुले पंचायती व्यबस्थाको बिरुद्ध र बहुदलीय व्यबस्थाको पक्षमा आफ्ना आवाजहरु भित्र र बाहिरबाट समेत उदाई नै रहे र १० बर्ष न बित्दै २०४६ सालमा युवा विद्यार्थीले बगाएकै रगतले नेपाल अधिराज्यको संबिधान २०४७ लेखिए पनि केहि असन्तुस्ट पक्षले सोको बिरोधमा गर्जन गर्दै २०५२ सालमा भुमिगत भएर हतियार उठाई जंगल पसे | ब्यबस्था बिरोधि संघर्ष सुरु गरे जसको नेपाली जनताले ठुलै मूल्य चुकाएको समयलाई जनयुद्ध नाम दिए जो नेपाली जनताको दोस्रो बलिदानी कलाखंड बुझे हुन्छ |
यता २०५९ सालको दरबार हत्या काण्डले जन्माएको राज्य सत्ता ज्ञानेन्द्रको हातमा पुगे पनि अनुभवहिनता र अकर्मयन्ताले स्थापित भएको साही सत्ता टिकाउ हुन् सकेन उथल पुथल जारी नै रहे | परिणाम स्वरूप २०६३ सालमा नेपाली जनताको दोस्रो जनान्दोलन ले ल्याएको आँधी बेहरी र तुफानले नेपाली जनताको चासो नेपाली जनतालाई भेट गर्दै राजा ज्ञानेन्द्र राज्य सत्ता बाट बिदा भै नागार्जुन दरबार पुगे | यो नेपाली जनताको तेस्रो कालखण्ड नै हो भन्न सकिन्छ | नेपाली अधिराज्यको संबिधान २०४७ खारेज भए र जारी भए नेपालको अन्तरिम संबिधान २०६३ | स्वनिर्मित जन प्रतिनिधि सत्ताले नेपालमा संबिधान सभाको घोषणा गरियो | संबिधान सभाले प्रथम पटक संबिधान जारी गर्न सकेन र दोस्रो संबिधान सभाले नेपालको संबिधान १० बर्ष पछी जारी भए तर मधेशबादी दलले संबिधान दहन गरे र मधेसी युवाहरुले संविधानको बिरोध र बिद्रोह गर्दा सयौ युवा हरु आहुति दिए पनि मधेसी दलले आत्मसमर्पण गरेर संबिधान लाई कबुल गरे, संसद भित्र प्रवेश गरे |
यसरि २०३६ देखि सुरु भएको सफर २०८२ साल लागि ४६ बर्ष पछी प्रथम र दोस्रो जन आन्दोलनले गर्न नसकेका कार्य हाम्रो कलिला र अबोध राजनीतिको ज्ञान नभएका बालबालिकाले गरेर देखाए तर किन प्रश्न तेर्सिएको छ उनै बुढापाका गद्दार, भ्रस्टचारी,कालाबजारी व्यापारी तिर |
तर त्यहि असफल र अविवेकी बुढाहरु फेरी सल्बलाउन थालेका छन् जो देशकै दुर्भाग्य हो | किनभने नेपाली जनताले देखिसके बिशेस्वर प्रसाद कोइराला ,गिरिराज प्रसाद ,केपी भट्टराई ,मनमोहन भट्टराई ,माधब नेपाल,केपी ओली ,देउबा ,प्रचण्ड समेतलाई यो पटक पटक सत्तामा पुगेर नेपाली जनताको घर रितिएर आफनै घरमा पैसाको गोदाम र ट्यांकर बनाए ,सुनको घोडा गाडी ,हात्ती ,सुनकै जल्हारी जस्ता कला कर्तुत गरे पनि पापीहरु किन नअघाएको हो सत्ता मोहबाट | असफल भएका राजनेता र असफल संविधानको जयगान गरे र त्यहि संबिधान भित्र बाटैनिकास खोज्नु पर्ने हो भने दोहाई दि रहेका छन् त | किन बुझ पचाएका छन् ? यतिको दुर्दासा आफु र देशले अपुरनिय क्षति बेहोरे पनि किन लाज न मणि बर्बराउदै छन् त यिनीहरु | कुनै चिजको पनि हद हुन्छ | यी पापीहरुले हद पार गरिसकेका छन् तर पनि चुल्बुलाई गरेका छन् | राजाले ल्याएको पंचायत बिरोधि यिनीहरु नै हुन् बहुदल ल्याएपनि तर किन १२ बर्षमा बहुदल असफल भए | बहुदललाई बदलेर संघियता ल्याएका यिनीहरु नै हुन् तर दस बर्ष मै किन असफल भए ?

देश ,समाज,संबिधान, शासन ब्यबस्थाहरु सब डग मगाईसकेका छन् तर पनि भ्रस्टचारीहरुले हेका किन गरिरहेका छन् त लाजमर्दो कुरो हो | आफु असफल, ब्यबस्था असफल देश असफल ,संबिधान असफल यिनीहरुले नै गरेका हुन् तर पनि ,अझ पनि यिनीहरुलाई चाहिएको किन हो त ? ए बुढाहरु हौ तिमिहरुले बर्षोबर्षमा पनि गर्न नसकिएका कार्य यी युवा ,कलिला नानीहरुले सेकेन्डमा नै गरेर देखाई दिए | देश चलायमान छ, बिना संबिधान नै | अहिले संबैधानिक सुन्यता छ तर पनि देश त छदैंछ तिनीहरुले ल्याएको संबिधान सभाको संबिधान चल्न सकेन | अझ किन दुहाई दिंई असफल संविधानको | यहि संविधानले पहिलो पटक २०७२ मा मधेसी युबाहरुको ज्यान लिए ,ज्यानमारा भए | त्यसैले किन चाहियो ज्यानमारा संबिधान | अब ज्यानमारा होइन ज्यान जोगाउने संबिधान चाहियो देशलाई | संसद भंग हुनुको मतलब के ? संबिधान असफल , संसदीय ब्यबस्था असफल र अरु संबिधान उपर संसदीय चुनाब जितेर गएका सांसद असफल | अरु पनि असफल हरुको साम्राज्य किन कायम गर्ने | पंचायती ब्यबस्था देखि अहिले संसद भएर संसदीय व्यवस्था संसदहरुले आफ्नो नैतिक धरातल गुमाई सकेका छन् | यो असफल गुटहरू, मुर्दाहरुको के काम | जेंजी युबाहरु हौ दलले देशलाई बर्बाद गर्यो ,हामीलाई दल हैन देश चाहिएको छ | देश लाई निर्माण गर्न देश लाई जोगाउनु देशमा दलमल अजिबित संबिधान भए पनि पुग्ने भए | नेता पाल्ने ,पोस्ने र जनमतले न बनाउनु नेपाललाई | पटक पटक लागिएको बहुदलीय ब्यबस्था असफल सिद्द भैसकेको छ | कति परिक्षण गरि रहने | अब परीक्षणको समय छैन | निरिक्षन को समय आइसकेको छ | निरीक्षण गरौ ३० बर्ष सम्म चलेको पंचायती संबिधान लाई जसले कम्तिमा रजत जयन्ति त मनाए | तर २०४७ सालमा लेखिएको मण्डले संबिधान तथा २०७२ सालमा जारी भएको दोस्रो संबिधान सभा द्वारा जारी गरिएको संबिधान तुलना गर्दा त यी लुटेरा भन्दा त एउटा लुटेरा ठिक थिए | २०४७ सालको संबिधान मण्डलले बनाएका थिए भन्ने २०७२ सालको संबिधान पनि गुण्ड चोर डाका र लुटेराक मण्डल समुहले बनाएका थिए | संबिधान सभामा यी समुहको साटो गुण्ड र लुटेरा पुगेका थिए जसले गर्दा नै १०१ बर्ष न बित्दै असफल भए | संविधानको ‘स’पनि न जान्ने संबिधान सभामा जितेर गए | मनमानी ढंगले देशलाई लुते ,ठगे र आज नेपाल आमाका ति लाल हरुले रगत बगाउने बाध्यता आयो
जसमा दुर्दर्सिता र पारदर्शी नै थिएन उनि नै संबिधान सभामा गए र आज नेपाल आमा यी पापी हरुबाट नै आफ्ना नानीहरुलाई गुमाए | तर पनि यी पापी हरु लाई न दया छ र न त धर्म नै | यी निर्लज हरुलाई यति पनि नेपाल आमाको दामन थाम्न न देउ | यिनी हरु लाई नेपाल र नेपालीको दुवै माया , ममता छैन | यिनी नेपालमा गृह युद्ध भडकाउन खोजेको हो |