मधेश सरकारविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौँ 

कार्तिक २५ गते,

मधेश प्रदेशमा संविधान मिचेर सरकार गठन गरेको भन्दै त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । सर्वाेच्च प्रशासनका अनुसार दुईवटा रिट दर्ताका लागि आएका छन् । 

रक्कीकुमार साह र सुजित यादवले प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाई नियुक्ति खारेजको माग गरी रिट दायर गरेका हुन् । त्यस्तै, कानुनका विद्यार्थी अर्जुन शाहले पनि रिट दायर गरेका छन् । 

मधेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। जसको अन्य दलले विरोध गरेका छन्। बहुमतको आधारमा सरकार बन्ने अवस्था हुँदाहुँदै ठुलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरेपछि अन्य दलहरूले चर्काे विरोध गरेका छन्। प्रदेश प्रमुख भण्डारीले महोत्तरीको एक होटेलमा मुख्यमन्त्री र मन्त्रीरूको शपथ गराएकी थिइन्।