मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम प्रारम्भ
काठमाडौं– मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम प्रारम्भ गरिएको छ । मंगलवार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधवार बिहानैबाट पन्छाउने काम थालिएको हो । पहिरो पन्छाउन बुधवार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
