मुग्लिन–नारायणगढ सडकमा एकतर्फी यातायात सञ्चालन


काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको हो ।

त्यहाँ खसेको पहिरो पन्छाएर आज (असोज ७) बिहान ८ः५० बजदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।