(संविधान दिवस) वृहत शान्ति र्‍याली सम्पन्न

काठमाडौं : संविधान दिवसको अवसरमा आज बिहान राजधानीमा बृहत शान्ति र्याली सम्पन्न भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको थियो।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले आयोजना गरेको कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेसामा संलग्न नागरिकहरूको सहभागिता रह्यो। सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्ने मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।