रास्वपाको बन्द सत्र आजलाई स्थगित

काठमाडौँ । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्द सत्रको कार्यतालिका स्थगित गरिएको हो ।

आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्द सत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको बताइएको छ ।