चीनमा परराष्ट्रमन्त्री खनालको नेपाली समुदायसँग अन्तरक्रिया

काठमाडौँ । चारदिने औपचारिक चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।

नयाँ सरकारको सन्देश बोकेर आइतबार अपराह्न बेइजिङ पुगेका मन्त्री खनालले दूतावासमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुँदै नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका हुन्। 

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी  सहित चीनका उच्च सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।