प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता शाहलाई हिजो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । तस्वीर : रासस
