पूर्व मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास

जनकपुर 

मंसिर ५ गते,

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जीतेन्द्र सोनलले सरकारी निवास छाडेका छन् । उनी आज विहानै सरकारी निवास खाली गरेका छन् । 

 मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसंग निवास व्यवस्थाका लागि आग्रह गरेका थिए । यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका थिए । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुंगो नलागेसम्म निवास खाली गराउने पक्षमा सात दलीय गबठन्धन छैन । 

Advertesment

मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसंग निवास व्यवस्थाका लागि आग्रह गरेका थिए । 

यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका थिए । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुंगो नलागेसम्म निवास खाली गराउने पक्षमा सात दलीय गबठन्धन छैन ।