बारामा प्रशासनद्वारा पुनः कर्फ्यु आदेश जारी
काठमाडौँ
मंसिर ४ गते,
जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।
बाराको सिमरामा जेन जेडहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।
वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन जेडहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानीय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

