बिहार विधानसभा चुनावको मतगणना: एनडिएलाई सुरूवाती अग्रता

काठमाडौँ 

कार्तिक २८ गते,

बिहार विधानसभा निर्वाचनको मतगणना सुरू भएको छ। बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजा पनि सार्वजनिक भएको छ। भारतीय अनलाइन हिन्दुस्तान टाइम्सका अनुसार मतगणना सुरू भएकोमध्ये १४२ सिटमा एनडिए गठबन्धनले अग्रता लिएको छ।

एनडिए भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू) नेतृत्वको गठबन्धन हो। यो गठबन्धनले अग्रता लिएकोमध्ये भाजपाले ७४ र जेडियूले ६१ स्थानमा अग्रता लिएको छ।

त्यस्तै ६५ स्थानमा महागठबन्धनका उम्मेदवारले अग्रता लिएको छ। राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस महागठबन्धनका मुख्य छन्।  ६५ मध्ये ५६ स्थानमा आरजेडी र ६ सिटमा कंग्रेस उम्मेदवारले अग्रता लिएका छन्।

पहिलोपटक चुनाव लडेको जनसुराज पार्टीले तीन सिटमा मात्रै अग्रता लिइरहेको जनाएको छ।

३९ सिटमा मतगणना सुरू हुने क्रममा छ। विधानसभामा बहुमतका लागि १२२ सिट आवश्यक हुन्।