कात्तिकसम्ममा लघु जीवन बीमकले साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याए
काठमाडौं चालु आर्थिक वर्षको कात्तिकसम्ममा लघु जीवन बीमकले साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु जीवन बीमकले चालु आर्थिक वर्षको ४ महिनामा ४ लाख ५५ हजार ४९० वटा बीमालेख जारी गरेर ३० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ३ लाख १३ हजार १४५ वटा बीमालेख जारी गर्दै ११ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ९५ हजार १४ वटा बीमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै लिबर्टी माइक्रो लाइफले कात्तिकसम्म ४७ हजार ३३१ वटा बीमालेख जारी गरेर ७ करोड ५२ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्