सिमेन्टको मूल्य बढ्यो
काठमाडौं सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ ।
सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो ।
यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्