विराटनगर किङ्सले NPL को उपाधि हात पारेमा ३० लाख दिने (काेशी प्रदेश सरकार)

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

विराटनगर किङ्सका खेलाडीलाई मङ्गलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएलका लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदैछ ।

NPL काे टिकट मूल्य सार्वजनिक