आज कुन तरकारीको मुल्य कति ?

काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार लोकल सानो गोलभेडा ६५ र भारतीय ठूले गोलभेडा ९५, रातो आलु ७० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ११०, लौका ९५, कागती १५०, अकबरे खुर्सानी २६७.६७, हरियो खुर्सानी ५५ रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

समितिका अनुसार लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १९० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ८५, हाइब्रीड सेतो मूला ४५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १३५ र राजमा घिउ सिमी १३५ रुपैयाँ, पाकेके फर्सी ३५ र तराइ परवर ९५ रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ६५ र रायोको साग ४५ रुपैयाँमा खरिदबिक्री हुँदा उता मेथीको साग ११६.६७ रुपैयाँमा कारोबार हुनेछ ।