कुमारी बैंकको १ लाख ३१ हजार सेयर कित्ता बिक्रीमा

काठमाडौ । कुमारी बैंक लिमिटेडले एक लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।

सेयर खरिद गर्न इच्छुक योग्य संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।