मेडिसिटी अस्पतालले गर्यो चरम लापरवाही : बिरामीको ज्यान गयाे, मृगौला पनि ‘गायब’
काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालको चरम लापरवाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले बिरामीको मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।
इलामका ३८ वर्षीय सरोज सुब्बाको असोज ६ गते मेडिसिटी अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपणको केहि दिनपछि अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको सरोजका ज्वाई कुमार राईले जानकारी दिए । तर डिस्चार्ज भएर घर पुगेको केहि दिनमै स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल ल्याएर भर्ना गरिएको राईले जानकारी दिए । स्वास्थ्यमा पुनः समस्या आएपछि कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मृगौला निकादिएको जानकारी दिंदै कुमारले भने, ‘मृगौला निकालेको भोलिपल्ट नै बिरामीको मृत्यु भयो ।’
आफ्नो प्रतिक्रिया दिनुहोस्