सोल्टी होटलको बोलायो वार्षिक साधारणसभा पुस ४ गते

काठमाडौं सोल्टी होटल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । होटलले आफ्नो ५०औं वार्षिक साधारणसभा पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको हो  ।

  सभामा होटलले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट नगदसहित ३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुने होटलले जारी गरेको सूचनामा उल्लेख छ । 

होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।


आर्थिक वर्ष २०७९/८० मा होटलले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।