विकास बैंकहरुमा लगानीकर्ताहरूको आकर्षण
बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५० भन्दा बढी अंकले घटेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ९.०९ अंक बढेर २७११.७५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ।
यस दिन विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्