ऋणको भारले थिचिदै नेपालः ४ महिनामा ८४ अर्बले बढ्यो सार्वजनिक
चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको सार्वजनिक ऋण करिब ८४ अर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको चौमासिक अवधि अर्थात साउन देखि कात्तिकसम्ममा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो ।
१ साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ५ करोड पुगेको छ । सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सावाँ र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्