सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने
काठमाडौं पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ।
रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११–१२ बजे यता खुल्ने सम्भावना कम रहेको बताइएको छ ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिएको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा नै राखिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्