दुई बङ्गलादेशी नागरिक पक्राउ काँकडभिट्टाबाट

 प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाइएको र आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने बताइएको छ ।

 

सुनको भाउ आज ११ सयले बढ्यो

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ