कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई
काठमाडौँ कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेसँगै उपराष्ट्रपतिलाई आवश्यक जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिलाई आफ्नो अनुपस्थितिमा गर्नुपर्ने काम गर्न जिम्मेवारी तोकेको उल्लेख छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्