एक कम्पनीको बोनस सेयर नेप्सेमा समायोजन
काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५८४.२५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ६१२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्