प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता
काठमाडौं अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५:३० बजे भेटवार्ता भएको हो ।
दुई नेताबिच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको छ । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्