अमेरिकासहित १० देशले गरे टीआरसी विधेयकको स्वागत

काठमाडौँ अमेरिकासहित १० देशले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकको स्वागत गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले टीआरसी विधेयकको स्वागत गरेका हुन् ।