प्रधानमन्त्री प्रचण्डलाई भेट्न गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा
१० माघ, काठमाडौं । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् ।
मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्