कैलाश हेलिकोप्टर सर्भिसेज सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित

काठमाडौं कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतलीले आफ्नो क्षेत्राधिकारका करदातामध्ये आर्थिक वर्ष २०७९्८० मा कैलाश हेलिकोप्टरले सबैभन्दा बढी आयकर दाखिला गरेको हो । शुक्रबार १३औं राष्ट्रिय कर दिवस, २०८१ का अवसरमा कम्पनीलाई सम्मान गरिएको हो ।

प्रमुख कर अधिकृत युवराज श्रेण्ठले कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।यस अघि नवौं राष्ट्रिय कर दिवस, २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखिला गरेर कैलाश हेलिकोप्टर सम्मानित भएको थियो ।
 

सडकमा शक्ति प्रदर्शन गर्दै एमाले

दरबारमार्गमा एमालेको प्रदर्शन

एमालेले आज जागरणसभा गर्ने