कम्बोडियाको टेलिकममा मेरो लगानी छ भन्दै आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् : प्रधानमन्त्री ओली
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् ।
एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै आफूलाई आरोप लगाउनेहरूलाई कम्बोडिया गएर खोज्न चुनौती दिएका हुन् ।
‘भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र रु आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’
ओलीले केही मान्छेले हात्तीको बथानमा गएर नाङ्लो ठटाउने शैलीमा एमालेलाई जिस्काइरहेको बताए । ‘एमाले हात्तीको बथान हो, कसैले नाङ्लो ठटाउने कोसिस नगरे हुन्छ । एमाले अहिले एकतावद्ध छ’, उनले भने ।
आफ्नो प्रतिक्रिया दिनुहोस्