चीनले लागू गर्यो२९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति
काठमाडौँ चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयासस्वरूप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको छ । पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशसँग पूर्ण भिसा छुट प्राप्त गरेका पनि बताए ।
मन्त्रालयले १ डिसेम्बर २०२३ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्टधारीको लागि एकपक्षीय भिसामुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।
यस नीतिअन्तर्गत योग्य व्यक्तिले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन् । चीनले आफ्ना दूतावासमा भिसा आवेदनअघि अप्वाइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताए ।
सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्रा रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसामुक्त व्यवस्थामार्फत आएका थिए ।
मन्त्रालयले विशेषगरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिका लागि सीमापार यात्रालाई सहज बनाउन भिसामुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्