आज कालीमाटीमा कुन तरकारीको मूल्य कति ?
काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल सानो गोलभेडा ६७.५० र भारतीय ठूले गोलभेडा ९५, रातो आलु ६८.७५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ११०, लौका ९५, कागती १५०, अकबरे खुर्सानी ३००, हरियो खुर्सानी ५५ रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
समितिका अनुसार लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ९५, हाइब्रीड सेतो मूला ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ११० र राजमा घिउ सिमी १३५ रुपैयाँ, पाकेके फर्सी ३५ र तराइ परवर ९५ रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ५५ र रायोको साग ३६.२५ रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्