निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
काठमाडौँ
माघ १३ गते,
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको छ ।
आयोगले आज कार्यसर्त बमोजिम निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कार्य गर्दा “निर्वाचन आयोग, नेपाल निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२” लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले आयोगको मिति माघ ९ गतेको निर्णयअनुसार आवश्यक कार्य सर्तहरू तोकी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि आयोगले जनाएको छ ।

