हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ

पुष १ गते,

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । 

कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ  । 

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको बताइएको छ।