श्रम संस्कृति पार्टी र सुदन किरातीबीच एकताको सहमति
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ ।
स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।
यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ ।
स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।
यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।