आशिफ शेख र कुशल भुर्तेलकाे अर्धशतकीय पारीमा नेपाल विजयी


काठमाडाैं । आशिफ शेख र कुशल भुर्तेलकाे अर्धशतककाे बलमा नेपाल विजयी भएकाे छ । नेदरल्याण्डविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएकाे छ ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्कासहित ५४ रनमा अविजित रहे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएकाे थियाे ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जिएचसीए ‘बी’ लाई यु–१३ क्रिकेट उपाधि

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

हेर्नुहोस् तपाईंको आजको राशिफल