आमा बन्दै ऋचा शर्मा, लेखिन् भावुक स्टाटस

अभिनेत्री ऋचा शर्मा आमा बन्दैछिन्। उनले फेसबुकमार्फत् आफू गर्भवती भएको जानकारी दिएकी छन्।

श्रीमानसँग विरुवामा पानी हालिरहेको तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्- एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ।’

ऋचाले २०७६ सालको ११ मंसिरमा दिपेक्ष विक्रम राणासँग विहे गरेकी थिइन्। उनी अहिले टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा ‘निर्णायक’ को भूमिका निभाइरहेकी छन्।

Like Share on Social media
  •  
  •  
  •  
  •  

कस्को लागि किने प्रभासले ६ करोडको कार ?