यस्तो हुनेछ नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल, भिडियो सार्वजनिक

काठमाडौं – आगामी बैशाख १० गते सार्वजनिक गर्ने बताइएको पी–० नामक यात्री मोटरसाइकलको भिडियो सार्वजनिक भएको छ । नेपाली युवा इन्जिनियरहरुको समूहले बनाएको सो मोटरसाइकलको भिडियो यात्री मोटरसाइकल्स फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

यद्यपि सो मोटरसाइकल पहिले नै सार्वजनिक गर्ने बताइएको पी–० हो वा अन्य हो भन्ने वारेमा केही खुलाइएको छैन । यो अर्कै मोडल हुन सक्ने पनि बताइएको छ । यद्यपि यसका लागि भने केही समय कुर्नु पर्नेछ ।

पी–० भने आगामी बैशाख १० गते सार्वजनिक गरिने छ । सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । पी–० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन । नेपाल अट्टाे

Like Share on Social media
  •  
  •  
  •  
  •  

सुनको मूल्यमा सामान्य वृद्धि

तोलामा ११ सयले महँगियो सुन

सुनको भाउ ३०० बढ्यो

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

सुनको भाउ ९०० घट्यो