ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गर्ने
काठमाडौँ
चैत्र १५ गते,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिने भएको छ ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गर्ने भएकी हुन् ।
एमाले निकट कानून व्यवसायीहरुले ओलीको पक्षमा वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।
