आज राष्ट्रव्यापी अभियान घोषणा गर्दै खनाल-नेपाल पक्ष

काठमाडाैं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट खनाल-नेपाल पक्षले ‘पार्टी सुदृढीकरण’का लागि शनिबार राष्ट्रव्यापी अभियान घोषणा गर्ने तयारी गरिरहेको छ ।

दिउँसो ३ बजे स्थायी कमिटी बैठक राखेर संगठन सुदृढीकरणलगायत कार्यक्रम समेटेर राष्ट्रव्यापी अभियान घोषणा गरिने नेता याेगेश भट्टराईले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले राष्ट्रव्यापी अभियानको खाका तयार पारेको थियाे ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

माओवादी स्थायी कमिटी बैठक सर्‍यो