प्रधानमन्त्रीले आज १ सय ६५ वटा सडकको एकसाथ शुुभारम्भ गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् ।

१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सडककाे शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागले जनाएकाे छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

माओवादी स्थायी कमिटी बैठक सर्‍यो