लग्जेम्बर्गविरुद्ध पोर्चुगलको जित

विश्वकप छनोट खेलमा पोर्चुगलले लग्जेम्बर्गविरुद्ध जित दर्ता गरेको छ। गएराती अवे मैदानमा भएको खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

३० औँ मिनेटमा रोड्रिग्वेजको गोलबाट लग्जेम्बर्गले सुरुवाति अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिओगो जोटाले पोर्चुगलका लागि बराबरी गोल गरे ।

क्रिष्टियानो रोनाल्डोले ५० औँ मिनेटमा गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लियो । ८० औँ मिनेटमा अल्भेस पालहिन्हा गोन्काल्भेसले गोल गरेपछि पोर्चुगलले ३–१ को जित निश्चित गरेको हो ।

८६ औँ मिनेटमा चानट दोहोरो पेहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लग्जेम्बर्ग केही समय १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि समूह ए मा दोस्रो जित हात पारेको पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जीतपुरसिमरा गोल्डकपमा आर्मी विजयी